देशको १५ औँ वाणिज्य बैंकको रुपमा स्थापना भएको कुमारी बैंक लिमिटेडले आफ्नो आधिकारिक कार्यथालनी वि सं २०५७ चैत्र २१ गतेबाट गरेको थियो। जसको उद्देश्य देशमा आधुनिक एवं प्रतिस्पर्धी बैकिङ्ग सेवा सुविधाहरु दिनु रहेको छ। यस बैंकको आजको मिति सम्ममा चुक्ता पूँजी रु २६ अर्ब २३  करोड रहेको छ।

    आफ्नो स्थापनाकाल देखि नै बैंकले विस्तृत रुपमा आधुनिक बैकिङ्ग सेवा सुविधाहरु दिदै आएको छ र हाल बैंकले आफ्ना ४०९  सेवा विन्दुहरू मार्फत ३०@ शाखा संजाल, ५० विस्तारित काउन्टर लगायत ५४ शाखा रहित बैकिङ्ग इकाई समावेश देशका सहरी, अर्ध सहरी एवं दुर्गम क्षेत्रहरुमा सेवा दिदै आएको छ।

    बैंकले इन्टरनेट बैकिङ्ग तथा मोबाइल बैकिङ्ग जस्ता अत्याधुनिक बैकिङ्ग सेवा प्रदान गर्नुमा यस बैंक अग्रणी स्थानमा रहेको छ । कोर बैकिङ्ग सफ्ट्वेयर, फिनाकल -भर्जन–१०_ को कार्यान्वयन पश्चात बैंकले नेपाल अधिराज्यभर अत्याधुनिक तथा सशक्त बैकिङ्ग सेवा प्रदान गर्न सक्ने कुरामा अझ विस्वस्त छ ।

    नेपाल तथा भारतमा रहेको भिसामा जडान भएका ए.टि.एम् हरुमा प्रयोग गर्न सकिने गरी बैंकले आन्तरिक तथा बाह्रय भिसा डेबिट कार्ड र क्रेडिट कार्ड जारी गरेको छ, बैंकले नेपाल भरी रहेका बैकका  ३१६ ए.टि.एम् मेशिन र पस टर्मिनलबाट ग्राहकहरुलाई थप सेवा समेत प्रदान गर्दै आइरहेको छ । यसको साथै बैंकले नविनतम मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग तथा क्यूआर भुक्तानी प्रविधिद्वारा समेत उपलब्ध गराउदै आएको छ । बैंकले पारदर्शी अभ्यास, व्यवसायिक व्यवस्थापन, संस्थागत उत्तरदायित्व, गुणस्तरिय व्यवस्थापन लगायतलाई संगठनको मूख्य लक्ष्यको रुपमा लिई, बैंकमा संलग्न ग्राहकको हित र सन्तुष्टिलाई मध्यनजर गर्दै सो को बृद्धि गर्न सदैव प्रयासरत रहि एक नविन र द्रुत गतिमा अगाडी बढेको लोकप्रिय संस्थाको रुपमा मान्यता प्राप्त गर्न सक्षम रहेको छ ।

    नेपाल राष्ट्र बैंकद्वारा जारी रु ८ अर्ब चुक्ता पूंजी पुर्याउनुपर्ने निर्देशन बमोजिम बैंकले काष्ठमण्डप विकास बैंक लिमिटेड, पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेड, महाकाली विकास बैंक लिमिटेड तथा कांक्रेबिहार विकास बैंक लिमिटेडलाई असाढ २०७४ सम्ममा प्राप्ति गर्ने गरि सो सम्बन्धी सम्झौता गरेको थियो ।  उपरोक्त ४ संस्थाहरुको प्राप्ती पश्चात् बैंकको ७४ शाखा, कर्जा लगानी रु ४० अर्ब र निक्षेप रु ५० अर्ब रहेको थियो। त्यसैगरी बैंकले देव विकास बैंकलाई प्राप्ति गरि संयुक्त कारोबार असाढ २८, २०७७ देखि सुरुवात गरेको थियो । सो प्राप्ति पश्चात, बैंकको शाखा संजाल १९२, १५२ ए.टि.एम्, कर्जा लगानी रु ११२ अर्ब तथा निक्षेप रु १२४ अर्ब रहेको थियो ।